हेटौंडाका १८ जनासहित ३७ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२९ श्रावण २०७७, बिहीबार १०:४१
;

मकवानपुर । हेटौंडाका १८ जनासहित ३७ जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा– ४ कर्रामा रहेको श्रमिक मा.विको आइसोलेसनले दिएको जानकारी अनुसार हेटौडा उपमहानगरपालिकको १८ सहित ३७ जनामा कोरोना पुष्टि भएको हो ।

कीटजन्य रोग तथा अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालाका परिक्षण गर्दा हेटौंडा उपमहानगरपालिको २, ४, ५, ९, १०, १३ नम्बर वडाका १८ जनामा कोरोना देखिएको छ ।

हेटौंडा–२ का १ जना, हेटौंडा–४ का ४ जना, हेटौंडा–५ का ४ जना, हेटौंडा–९ का ७ जना, हेटौंडा–१० का १ जना, हेटौंडा–१३ का १ गरी १८ जनामा कोरोना पुष्टि भएको छ ।

प्राप्त जानकारी अनुसार नेपाल प्रहरीका १० जना प्रहरीमा कोरोना संक्रमण भेटिएको हो ।

त्यस्तै, भीमफेदी गाउँपालिकाका ३ जना, थाहा नगरपालिकाका २ जना, बकैया गाउँपालिकाका २ जनामा कोरोना देखिएको छ ।

चितवन घर भएका १ जना, काठमाडौं घर भएका १ जनामा कोरोना पुष्टि छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*