सुनको गहनासहित एक जना पक्राउ
सुर्खेत । सुनको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर–३ स्थित मनबहादुर सुनारको घरबाट गहना बरामद गरिएको सुर्खेत प्रहरीले जनाएको छ ।
बुधबार बेलुका सुनारको घरबाट सुनका २ वटा कडा, १६ वटा चुरा, ५ वटा झुम्का, ३ वटा काँटा र ४ वटा श्रीफूल बरामद गरिएको प्रहरीले जनाएको छ । थप सुनसमेत लुकाइएको आशंकामा खोजी कार्य जारी रहेको उनले बताए ।
प्रहरीद्वारा बरामद गरिएको सुन सुर्खेत बाहिरबाट चोरी गरेर ल्याइएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
सुनारका भतिजालाई समेत पक्राउ गरी ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टले जानकारी दिए ।
सुन नजोखेरै सिलबन्दी गरेर राखिएकोले कति छ भन्ने यकिन नभएको उनको भनाइ छ ।










