आजदेखि एक जिल्लाबाट अर्को जिल्ला जान पास नपाइने

हेटौडा न्युज
२९ श्रावण २०७७, बिहीबार १२:१०
;

काठमाडौं । सरकारले आजदेखि देशभर सवारी पास वितरण बन्द गरेको छ ।
गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै पास वितरण नगर्न निर्देशन दिएको हो ।

मन्त्रालयले आजदेखि लागू हुने गरी गाडीको पास वितरण नर्ग निर्देशन दिएको हो । यो सँगै अत्यावश्यक कामबाहेकका लागि यसअघि लिइएका पास पनि रद्द भएको गृह मन्त्रालयले जनाएको छ ।

कोरोनाको संक्रमणको जोखिम बढ्दै गएकाले जिल्ला स्तरका पास वितरणमा रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*