हेटौंडामा अटो र ट्रक ठोक्किदा दुई जनाको मृत्यु, एक घाईते
मकवानपुर । हेटौंडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक गम्भिर घाईते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडाको तीनताप्केमा ट्रक र अटो आपसमा ठोक्किदा दुर्घटना भएको हो ।
हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रक र बस्तिपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको अटो आपसमा ठोक्किदा तीन जना गम्भिर घाईते भएका थिए ।
घाइतेहरुलाई उपचारका लागि चुरेहिल अस्पतालमा ल्याईएको थियो । उपचारका क्रममा दुई जनाको भने मृत्यु भएको प्रहरीले जनाएको छ । शव हेटौंडा अस्पतालको शव गृहमा रहेको जनाईएको छ ।
चालक मनहरी– ५ बसन्तपुर बस्ने ४७ बर्षीय ठुलोकान्छा खड्काको चुरेहिलमा उपचार भईहेको जनाईएको छ ।










