तीनताप्के दुर्घटनाः मृत्यु हुनेको पहिचान खुल्यो

हेटौडा न्युज
२९ श्रावण २०७७, बिहीबार १३:२४
;

मकवानपुर । हेटौंडामा अटो र ट्रक एक–आपसमा ठोक्किदा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ । हेटौंडा– ३ को तीनताप्केमा भएको दुर्घटनामा
मनहरी गाउँपालिका– ५ का अमृत लोप्चन र बाबुराम रुम्बाको मृत्यु भएको हो ।

हेटौंडाको तीनताप्के सडक खण्डमा चितवन तर्फ जाँदै गरेको ना ६ ख १६११ नंबरको ट्रकले बस्तिपुरबाट हेटौंडा आउँदै गरेका ना २ ह ३४६६ नंबरको अटोलाई ठक्कर दिँदा दुर्घटना हुँदा तीन जना गम्भिर घाईते भएका थिए ।

घाईते मध्ये दुई जनाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मनहरी गाउँपालिका– ५ का ठुलोकान्छा खड्का को चुरेहील अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*