युएईमा दुई नेपालीको हत्या
काठमाडौं । युनाइटेड अरब इमिरेटस (यूएई) को शारजाह सहरमा दुई नेपालीको हत्या भएको छ । उनीहरुको अनुहार, घाँटी, छाती र पेटमा धारिलो हतियारले निर्मम प्रहार गरेको पाइएको छ ।
शव फेला परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको गल्फ न्यूजले प्रहरीलाई उद्धृत गर्दै लेखेको छ । प्रहरीले मृतकहरुको पूरा पहिचान खुलाएको छैन ।
उनीहरुको संक्षिप्त नाममात्र सार्वजनिक गरेको छ जसमा मृतक २६ वर्षका केजे र ३७ वर्षका एमआर दुवै नेपाली नागरिक भएको जनाइएको छ ।
हत्या कसले गरेको हो भन्ने पहिचान भइसकेको छैन र अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन ।










