किशोरी बलात्कारको आरोपमा खड्का पक्राउ
काठमाडौं । १५ वर्षीया किशोरीलाई बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । बलात्कार आरोपमा सिन्धुलीको भिमान स्थायी घर भइ हाल कागेश्वरी मनहरा–७ स्थित काँडाघारी बस्ने ३१ वर्षीय डेविट भनिने सुशील खड्कालाई पक्राउ गरेको हो ।
खड्काले किशोरीलाई बोलाई म्युजिक भिडियोमा खेलाउने भन्दै प्रलोभन देखाइ वियर खुवाएर लठ्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
त्यसपछि राती भेटघाट रेष्टुरेन्टको क्याविनमा राखी जवरजस्ती करणी गरेको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पीडित युवतीले दिएको उजुरीका आधारमा खड्का पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उपर आवश्यक अनुसन्धानका साथै थप कारबाही भईरहेको जनाईएको छ ।










