कोरोनाबाट थप ४ चार जनाको मृत्यु, मृतकको संख्या ९५ पुग्यो

हेटौडा न्युज
२९ श्रावण २०७७, बिहीबार १६:४३
;

काठमाडौं । नेपालमा कोरोना भाईरसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार महोत्तरीको मटिहानीका ४५ वर्षीय पुरुषको साउन २५ गते मृत्यु भएको थियो । मृत्यु पश्चात उनको कोरोना परिक्षण गर्दा आज रिर्पोट आएको हो । उनी क्षयरोग र मधुमेहका पीडित थिए ।

त्यसैगरी धनुषाको मिथिला नगरपालिकाकी ८५ वर्षीया महिलाको साउन २८ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

उता, अछामका १८ वर्षीय युवाको पनि साउन २८ गते नै मृत्यु भएको छ । उनी मुटुको बिरामी थिए ।

त्यसैगरी विराटनगरमा ५७ वर्षीय पुरुषको साउन २८ गते कोशी अस्पतालमा मृत्यु भएको छ। यनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।

यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

बुधबार धार्दिङ, काठमाडौं, धनुषा, सप्तरी, मोरंग, कपिलवस्तु र बाराका ८ जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*