चट्याङ लागेर १५ वर्षीया बालिकाको मृत्यु
टीकापुर । चट्याङ लागेर १५ वर्षीया बालिकाको मृत्यु भएको छ । कैलालीको लम्की चुहानगरपालिका– १ थपालीपुरकी मञ्जु शाहीको चट्याङ लागेर मृत्यु भएको हो ।
स्थानीय ललित जैशीले दिएको जानकारी अनुसार शाहीको घर नजिकै खेल्ने क्रममा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।
चट्याङ लागेर सोही ठाउँकी १३ वर्षीय भावना शर्मा घाइते भएकी छिन् । घाइतेको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।










