थाहा नौखण्डेको पहिरो अपडेटः (तस्वीरहरु)

हेटौडा न्युज
३० श्रावण २०७७, शुक्रबार ०८:४५
;

मकवानपुर । थाहा नगरपालिका वडा नम्बर १२, नोखण्डेको गैरीगाउँमा हिजो साँझ गएको पहिरोमा परेर ४ वटा टिपर र १ वटा स्काभेटर पुरिएको आशंका गरिएको छ । सो स्थानको ढुंगा खानीमाथिबाट आएको पहिरोका कारण त्रिभुवन राजपथ अबरुद्ध भएको छ । थाहा ११ का वडा अध्यक्ष किरण बलका अनुसार स्थानीय काले मोक्तान सम्पर्क विहिन भएका छन् । अहिले पहिरो हटाउने कार्य भईरहेको बताएका छन् । तस्वीरः राजु पोखरेलको सहयोगमा ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*