थाहा नौखण्डेको पहिरो अपडेटः बेपत्ता भएका मोक्तानको शव फेला

मकवानपुर । मकवानपुरको थाहानगरपालिका– १२ गैरीगाऊको ढुंगाखानीमा हिजो राती आएको पहिरोमा पुरिएर बेपत्ता भएका काले मोक्तान शव फेला परेको छ ।
विहिबार राती त्रिभुवन राजपथ अन्तर्गत पर्ने ढुंगा खानीमाथिबाट अकस्मात आएको पहिरोमा पुरिएर बेपत्ता ५४ वर्षीय स्थानीय मोक्तानाको आज शुक्रबार बिहान फेला परेको हो ।
माथिबाट खसेको पहिरो पन्छाइए पनि यातायात भने संचालनमा आउन नसकेको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।