सिन्धुपाल्चोकमा पहिरोले १३ घर पुरिए, पाँच परिवार बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् ।
शुक्रबार बिहान आएको पहिरोले जुगल गाउँपालिका–२ लिदिको लामा टोलमा घरहरु पुरिएका हुन् ।
सो क्षेत्रमा २५–३० घरहरु जोखिममा रहेको जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले जानकारी दिए ।
कति जना पुरिएका छन् भन्ने विषयमा केही खुल्न सकेको छैन ।
थप विवरण आउँन बाँकी छ ।