पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु
कालीकोट । कालिकोटमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ ।
गएराती गएको पहिरोले महावै गाउँपालिका–३ नकुवडा सदस्य राजबहादुर विष्टको घर पहिरोले पुरिँदा विष्टका दुई छोराहरु १३ वर्षीय पुष्प विष्ट र ११ वर्षीय प्रविन विष्ट, छोरीहरु १८ वर्षीया सबिना विष्ट र १५ वर्षीया आशा विष्ट, वडा सदस्य राजबहादुरका दाजु डिलबहादुर विष्टका छोरीहरु १९ वर्षीया शान्ति विष्ट र १० वर्षीया रेखा विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।










