हेटौंडामा रोकिराखेको दुई वटा ट्रकमा आगलागी
मकवानपुर । मकवानपुर हेटौंडा औधोगिक क्षेत्रमा रोकेर राखेको २ वटा ट्रकमा आगलागी भएको छ । मकै लोड गरिराखेको ना ५ ख ६५०३ र ना ६ ख ७८२६ नम्बरको दुईवटा ट्रकमा यान्त्रिक गडबडी भई आगलागी भएको हो ।
औधोगिक क्षेत्रभित्र भ्याली पेलेट दाना उद्योग अगाडि रोकी राखेको ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिकाको दमकल, सशस्त्र प्रहरी, औधोगिक कार्यालयका कर्मचारी र भ्याली पेलेटका कर्मचारीहरुको सहयोगमा आगोलाई नियन्त्रणमा लिईएको थियो ।










