विद्युत प्राधिकरणका पाँच कर्मचारीमा कोरोना पुष्टि
झापा । नेपाल विद्युत प्राधिकरण दमकका पाँच कर्मचारीसहित ६ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै दमक ५ बस्ने एक महिलामा पनि संक्रमण पुष्टि भएको छ । ती महिला भारतबाट फर्केर होम क्वारेन्टाइनमा बसेकी थिइन् ।
नेपाल विद्युत प्राधिकरण दमकमा काम गर्ने पाँच कर्मचारीमा कोरोना देखिएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका नगेन्द्र भट्टराईले पुष्टि गरेका छन् ।










