ठगी गरेको आरोपमा पत्रकार पक्राउ

हेटौडा न्युज
३० श्रावण २०७७, शुक्रबार १५:१७
;

मकवानपुर । सीआईवीको मुद्दा रद्द गरीदिने भन्दै ठगी गरेको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)को मुद्दा रद्द बनाइदिने भन्दै ठगी गरेको आरोपमा आलोचना साप्ताहिकका पत्रकार शंकरप्रसाद अधिकारीलाई सीआईवीले पक्राउ गरेको हो ।

धादिङ नीलकण्ठ नगरपालिका– १४ घर भई तारकेश्वर नगरपालिका–११ नेपालटार बस्ने अधिकारीलाई काठमाडौंको बसुन्धाराबाट पक्राउ गरेको सीआईबीले जनाएको छ ।

पत्रकार बताउने अधिकारी उपर मुद्दा हेर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई ५ लाख दिएमा मुद्दा ढुस (रद्द) बनाइदिने भन्दै ५ लाख ठगी गरेको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*