नौखण्डे पहिरोमा मृत्यु भएका मोक्तानको परिवारलाई १५ लाख
मकवानपुर । मकवानपुरको थाहानगरपालिका– १२ गैरीगाऊको ढुंगाखानीमा आएको पहिरोमा पुरिएर मृत्यु भएका काले मोक्तानको परिवारलाई क्षतिपूर्ती बापत १५ लाख रुपैँया दिने सहमती भएको छ ।
इलाका प्रहरी कार्यालय पालुङका अनुसार पहिरोमा पुरिएर मृत्यु भएका थाहानगरपालिका– १२ का ५४ वर्षीय मोक्तानको परिवारलाई माइनिङ एण्ड माइनिङ कन्ट्रक्सन मकवानपुरका संचालक जनकपुरको धनुषा निवासी रत्न ठाकुरले क्षतिपूर्ति बापत रु १५ लाख र परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति भएको हो ।
ढुंगाखानीमा बिहिवार राति आएको पहिरोले एक स्काभेटर र ३ वटा टिपरसहित मृतक मोक्तान पनि पुरिएका थिए । मृतक मोक्तान उक्त खानीका मजदुर हुन् । उनको शव आज विहान फेला परेको थियो ।
ढुङ्गाखानीमा मापदण्ड पुरा नगरीकन उत्खनन् गरेकाले पहिरो गएको भन्दै अवरुद्ध स्थानीयले अवरोध जनाएको थियो ।
उनको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालतर्फ ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक विकास तामाङले जानकारी दिएका छन् ।
पहिरो पन्छाई यातायात संचालनमा ल्याउने तयाई भइरहेको छ प्रहरी निरीक्षक तामाङले बताए ।










