मकवानपुरमा थप १८ जनामा कोरोना पुष्टि

मकवानपुर । मकवानपुरमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरका १८ जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।
उनका अनुसार भरतपुर अस्पताल गरिएको परीक्षणमा मकवानपुरका एक जना, पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठिानमा गरिएको परीक्षणमा एक जना र र हेटौँडा १० स्थित किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा गरिएको परिक्षणमा थप १६ जनामा संक्रमण पुष्टि भएको हो ।
यससंगै आज मकवानपुरमा संक्रमितको संख्या १८ पुगेको छ । संक्रमितको थप विवरण मन्त्रालयले खुलाएको छैन ।