हेटौंडा जेसिजको वक्तृत्वकला प्रतियोगिता सम्पन्न
मकवानपुर । हेटौंडा जेसिजको आयोजनामा आर्थिक उन्नतिका निम्ति युवा शसक्तिकरण बिषयक बक्त्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
आर्थिक उन्नतिका लागि युवा सशक्तिकरण भन्ने विषयमा भएको कार्यक्रममा जेसि सुदिन पौडेल प्रथम, जेसि बिबेक फुयाल द्वितीय र जेसि सुधिर दाहालले तृतीय स्थान हासिल गरेका छन् ।
हेटौंडा जिसिजका अध्यक्ष राजदेब बानियाँको सभाध्यक्षतामा भएको कार्यक्रममा मुख्य निणायकको भुमिकामा नेपाल जेसिज का पुर्वकानुनी सल्लाहकार गणेश कुमार श्रेस्ठ र निणायकको भुमिकामा हेटौंडा जेसिजका पुर्वअध्यक्ष जेसिआइ सिनेटर दिपकराज मिश्र र अरुण कुमार दाहाल रहनु भएको थियो ।
हेटौडा जेसिजले अनलाइन मार्फत हरेक महिना विभिन्न विषयमा अन्तरजेसिज वक्तृत्वकलाद कार्यक्रम गर्ने गरेको छ । कार्यक्रममा ३२ जना जेसिज सदस्यहरुको उपस्थित रहेको थियो भने प्रतिस्पर्धीको रुपमा ११ जना जेसिज सदस्यहरु रहेको थियो ।










