सर्पले टोकेको भ्रममा परेर ८ जना बेहोस

महोत्तरी । सर्पले टोकेको भ्रममा परेर ८ जना बेहोस भएका छन् महोत्तरीको भंगहा नगरपालिका–५ राजपुरटोलमा सर्पले टोकेको भ्रममा परेर आठ जना बेहोस भएका हुन् ।
सर्पले टोकेको आशंकामा बर्दिवासमा रहेको सर्पदंश उपचार केन्द्रमा उपचारका लागि भर्ना भएकोमा कसैलाई पनि विष नलागेको चिकित्सकले बताएका छन् ।
गएराती स्थानीय महिलालाई सर्पले टोक्दा घटना स्थलमै मृत्यु भएको र नजिकै शव गाडेकाले डराएर आफूहरुलाई पनि सर्पले नै टोक्यो भन्ने मनोवैज्ञानिक कारणले बेहोस भएका हुन सक्ने बर्दिवास सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले बताए ।
शुक्रबार साँझ एउटै टोलका १५, १६ जनालाई पालैपालो सर्पले टोकेको भन्दै त्रास फैलिएको थियो ।