सिन्धुपाल्चोक पहिरोः मृत्यु भएका परिवारलाई १ लाख
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा गएको पहिरोमा परेर मृत्यु भएको प्रतिपरिवारलाई १ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । जुगल गाउँपालिका–२ लिदीमा आकस्मिक आएको पहिरोमा परी मृत्यु भएका प्रतिपरिवारलाई १ लाख रुपैँयाको दरले राहत रकम दिने जुगल विपत व्यवस्थापन समितिले निर्णय गरेको छ ।
काजकिरियाका लागि परिवारलाई तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराइने समितीले जनाउको छ । यस्तै घटनामा परि दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय भएको छ ।
अहिले पनि पहिरोमा परेर हराइरहेकाहरुको नेपाली सेना, ससस्त्र प्रहरी, जनथप र स्थानीय युवाहरुको सहयोगमा खोजी भैरहेको छ । पहिरोमा परेकाहरुमध्ये अहिलेसम्म १३ जनाको शव निकालिएको छ । अझै २६ जना हराइरहेका छन् ।










