टिप्परको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु
सन्धिखर्क । टिप्परको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गोरूसिङगे सन्धिखर्क सडक खण्डको शितगंगा–२ राजुबास झोलुङ्गे पुल नजिकै टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा ३ वर्षीय अभिषेक थापाको मृत्यु भएको हो ।
गोरूसिंगेबाट नरपानि आउँदै गरेको ना ८ ख ६६९८ नम्बरको टिप्परले विपरित दिशाबाट आउँदै गरेको लु ३२ प २३९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार थापाको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार साना दुई बच्चासहित ४ जना रहेको र अन्य ३ जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।
टिप्पर र चालक प्रहरी नियन्त्रणमा रहि अनुसन्धान सुरु गरिएको जनाईएको छ ।











