फोटो पत्रकार समूह मकवानपुरलाई वडाअध्यक्ष कोईरालाको स्वास्थ्य सामग्री

हेटौडा न्युज
३१ श्रावण २०७७, शनिबार १५:४८
;

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्वर १६ का अध्यक्ष रामकृष्ण कोइरालाले राष्ट्रिय फोटो पत्रकार समुह मकवानपुरका सदस्यहरुका लागि केही थान केएन ९५ मास्क र ह्याण्ड सेनिटाइजर लगायतका स्वास्थ्य सागम्री सहयोग उपलब्ध गराएका छन् ।

कोरोना भाइरस (कोभिड– १९) को संक्रमणको जोखिम मकवानपुरमा पनि बढिरहेको अवस्थामा वडा अध्यक्ष कोइरालाले अग्रभागमा रहेर समाचार संकलन गर्ने पत्रकारहरुका लागि स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएका हुन् ।

वडाअध्यक्ष कोइरालाले जोखिमका बेला ज्यानको बाजी थापेर सूचना सम्प्रेसीत गर्न लागिपरेका पत्रकारलाई आवश्यक पर्दा जुनसुकै सहयोग गर्न पनि तयार रहेको बताए ।

समूह मकवानपुरका अध्यक्ष कपिल खड्काले सहयोय स्वरुप प्राप्त भएको स्वास्थ्य सामग्री फोटो पत्रकार समूहका क्रियाशिल सदस्यहरुलाई वितरण गरिने जानकारी दिए ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका सल्लाहकार गिरिजा अधिकारी, सहयोगी मन नेपालका अभियान्ता केदारप्रसाद चौलागाईँ र समूहका सल्लाहकार रामसरण दुलाललगायको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*