मकवानपुरका ४९ जना आईसोलेसनबाट डिस्चार्ज

मकवानपुर । मकवानपुरका ४९ जना आईसोलेसनबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएसँगै आईसोलेसन बसेका उनीहरुको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् ।
हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो।
संक्रमितहरु चिकित्सकको सल्लाह अनुसार दिनमा ६ लिटरसम्म तातोपानी, बेसार पानी र गुज्रोको गानोको रस खानाले कोरोना भाइरसलाई परास्त गर्न सफल भएको बताउछन् ।
आइसोलेसनबाट डिस्चार्ज भएपछि पनि चिकित्सकको सल्लाहअनुसार घरमा १० दिनसम्म छुट्टै कोठामा सुरक्षित बस्नुपर्ने छ ।