थप ४ सय ६८ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
३१ श्रावण २०७७, शनिबार १६:४०
;

काठमाडौं । नेपालमा थप ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिउको परिक्षणमा ४ सय ६८ जनामा कोरोना देखिएको हो ।

यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणका कारण १ सय २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कुल संक्रमित मध्ये १७ हजार २ सय १ जना उपचार पश्चात निको भई घर फर्किएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म ५ लाख ५ हजार ६ सय ६० जनाको पिसीआए टेस्ट गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*