कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २ पुगेको छ । आज एकैदिनमा पर्सा, धनुषा र कपिलबस्तुमा एक/एक जना गरी तीन जनाको मृत्यु भएसँगै मृतकको संख्या १ सय २ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कपिलबस्तुको मायादेवी गाउँपालिका ७ का ४० वर्षीय पुरुष, पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–१२ का ६० वर्षका पुरुष र धनुषा जिल्ला जनकनन्दनी गाउँपालिकाका ५० वर्षका पुरुषको मृत्यु भएको हो ।