सिन्धुपाल्चोकका असुरक्षित बस्ती तत्काल स्थानान्तरण गरिने

हेटौडा न्युज
३१ श्रावण २०७७, शनिबार १७:११
;

सिन्धुपाल्चोक । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकको पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई मागअनुसार बस्ती स्थानान्तरण गरीने बताएका छन् । सिन्धुपाल्चोकका बस्तीहरु नै मानिसको बसोबास गर्न नमिल्ने, असुरक्षित रहेको बताउदै बस्ति स्थानान्तरण गरीने बताएका हुन् ।

सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुको अरु केहि बिकल्प पनि नभएको भन्दै उनले त्यहाँका बस्ती स्थानान्तरणका लागि उपयुक्त जमिनको खोजी गरी सकेसम्म छिटो अगाडि बढाईने बताए ।

उनले भने– ‘हामी स्थानान्तरण मात्र हैन, जिबिको पार्जन गर्न रोजगारी हुने गरी स्थानान्तरण गर्नुपर्छ ।’

स्थानियहरुलाई परेको विपत्तिमा सरकारले सहयोग गर्ने उनले प्रतिवद्धता समेत व्यक्त गरे । उचित ब्यबस्थापन गर्ने सरकारको दायित्व रहेकोले सकारले तत्काल काम थाल्ने समेत उनले बताए ।

केहि समय भित्रै समग्र सिन्धुपाल्चोकका समस्या हल गर्न सदरमुकाम चौतारामा वृहत छलफलको आयोजना गरी त्यस क्षेत्रका सरोकारवालाहरुसंग गम्भिर छलफल गरी निकास निकाल्ने पनि उहाँको भनाई थियो ।

मुख्यमन्त्री पौडेलको टोली पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पुगेको थियो ।

मुख्यमन्त्री पौडेलसंगै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, पुर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा बिकास समिति शरेस नेपाल, प्रदेशका प्रमुख सचीव मानबहादुर बीके, मध्यपृतनापति ताराध्वज पाण्डे, बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी वसन्त लामासहितको टोलीलाई सो क्षेत्रको अवस्थाका बारेमा प्रदेश सभा सांसद एबम् बागमती प्रदेशका अर्थ बिकास समिति सभापति सुरेस नेपाल, जुगल गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङ सो क्षेत्रको बारेमा मुख्यमन्त्री पौडेललाई जानकारी गराएका थिए ।

पहिरो प्रभावित क्षेत्र लिदीमा अहिले सय ७२ घर धुरी रहेका छन् भने ३६ घरमा पूर्णरुपमा क्षति भएको छ । हाल सम्म १६ जनाको शब फेला परिसकेको छ भने २३ जना अझै बेपत्ता रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*