हेटौँडामा भदौ ९ गतेसम्म निषेधाज्ञा थप्ने तयारी

हेटौडा न्युज
३२ श्रावण २०७७, आईतवार ११:०१
;

मकवानपुर । मकवानपुरको हेटौंडा क्षेत्रमा निषेधाज्ञा थप्ने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप्ने तयारी गरेको स्रोतले जनाएको छ ।

हेटौँडा उपमहानगरसहित मनहरी गाउँपालिकाको केहि भागमा गत साउन २६ गतेबाट निषेधाज्ञा जारी छ भने उक्त निषेधाज्ञा साउन ३२ गते राती १२ बजेसम्म रहेको अवस्थामा भदौ १ वाट ९ गतेसम्म थप्न लागिएको हो ।

कोरोना संक्रमितको संख्या दिनँहु बढ्दै गएपछि प्रशासनले अत्यावश्यक बाहेकका सेवाहरुलाई निषेध गर्ने गरी निषेधाज्ञाको आदेश जारी गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*