विप्लव समूहका जिल्ला सदस्य पक्राउ

हेटौडा न्युज
३२ श्रावण २०७७, आईतवार १२:२९
;

डोटी। नेत्रविक्रम चन्द समूहका डोटी जिल्ला कमिटी सदस्य कृष्णबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई बडिकेदार गाउँपालिका-१ बिपिनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख जनकराज पाण्डेले बताए।

उनले भने उहाँले, “बोहरालाई एनसेल टावरमा आगजनी र क्षति लगायतका गतिविधि गरेको भन्ने उजुरीका आधारमा हामीले खोजी गरिरहेका थियौँ, बिपिनगरमा फेला परेपछि आवश्यक अनुसन्धानका लागि पक्राउ गरेका हौँ।” रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*