डिस्चार्ज भएको चार घण्टा नबित्दै एक जनाको मृत्यु

हेटौडा न्युज
३२ श्रावण २०७७, आईतवार १३:४३
;

वीरगन्ज ।  कोरोना संक्रमण मुक्त भएको रिपोर्ट आएर डिस्चार्ज भएको चार घण्टा नबित्दै एक जनाको मृत्यु भएको छ ।

नारायणी अस्पताल विषेश कोरोना अस्थायी वीरगन्ज हेल्थ केयरमा अस्पतालबाट शनिबार राति कोरोना मुक्त भएर डिस्चार्ज भएका वीरगन्ज महानगरपालिका वडा नम्बर १३ का ५५ बर्षीय लाल बहादुर प्रसाद कलवारको मृत्यु भएको हो ।

नारायणी प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । डिस्चार्ज भएको समयमा नै झाडा पखाला र अक्सिजनको मात्रा पनि कम भएकोले उनलाई थप उपचारको वीरगञ्जमै रहेको नारायणी बयोधा अस्पतालको आईसीयुमा भर्ना गरेका थिए ।

उपचारकै क्रममा उनको शनिबार मृत्यु भएको नारायणी बयोधा अस्पताल प्रशासनले बताए छन् ।

मृतकका आफन्तले पुनःस्वाब परीक्षणको माग गरेका छन् ।शव नारायणी बयोधा अस्पतालमै राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*