एक पुरुषको शव फेला, हत्या आशंका

हेटौडा न्युज
३२ श्रावण २०७७, आईतवार १४:२६
;

काठमाडौं । कीर्तिपुर नगरपालिका र चन्द्रागिरीको तीनथान जोड्ने झोलुंगे पुलमुनी एक पुरुषको शव फेला परेको छ ।

कीर्तिपुर–२ र चन्द्रागिरी–१५ को सिमानामा पर्ने बल्खु खोलाको पुलमुनी अन्दाजी ४०–५० वर्षको उमेरका पुरुषको शव टाउकोमा चोट लागेको र दुवै हात भाँचिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

खोला किनारमा अड्किएको अवस्थामा फेला परेको शवको पहिचान हुन नसकेको जनाईएको छ ।

प्रारम्भिक अनुसन्धानमा हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको छ ।
शव पोष्टमार्टमाका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*