स्वाब संकलन गर्ने चिकित्सकमा नै कोरोना संक्रमण पुष्टि

विराटनगर । कोरोना शंकास्पद संक्रमितको स्वाब संकलन गर्न खटिएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वाब संकलनमा खटिने चिकित्सकमा आइतबार संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिकामा स्वाब संकलन रोकिएको छ ।
अन्य स्वास्थ्यकर्मीको स्वाब संकलन गरी कोरोना जाँच गर्न एक दिन स्वाब संकलन रोकिएको हो ।
संक्रमण पुष्टि भएका चिकित्सकलाई केही दिनयता कोरोनाको लक्षण देखिएको थियो ।