कोरोनाको उपचार गरिरहेका अस्पताललाई अनुदान

हेटौडा न्युज
३२ श्रावण २०७७, आईतवार १६:४६
;

काठमाडौं । कोरोना संक्रमितको उपचार गरिरहेका अस्पताललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुदान दिने भएको छ ।

उपचारबापत अनुदान दाबी गर्न दुई दिनभित्र विवरण बुझाउन मन्त्रालयले भनेको छ ।

स्वास्थ्य मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर कोरोना भाइरस सङ्क्रमणको उपचार गर्ने अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश २०७७ बमोजिम सङ्क्रमित बिरामी तथा शङ्कास्पद बिरामीको उपचार गर्ने सबै अस्पताललाई अनुदान दिने जनाएको हो ।

मन्त्रालयका अनुसार तोकिएको समयभित्र विवरण नबुझाउने अस्पतालको हकमा कुनै कठिनाइ भएमा सम्बन्धित अस्पताल नै जिम्मेवार हुनुपर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*