बागमती प्रदेशका प्रहरीलाई फेससिल्ड

हेटौडा न्युज
३२ श्रावण २०७७, आईतवार १८:१०
;

मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले कार्यरत् सबै प्रहरीलाई फेससिल्ड वितरण गरिएको छ । कोरोना संक्रमण जोखिम कम गर्न भदौ १ गतेदेखि फेससिल्ड लगाएर ड्युटी गर्ने व्यबस्था मिलाइएको हो ।

सबै प्रहरीमा एकरुपता ल्याउन फेससिल्डमा प्रहरीको लोगो र ‘बागमती प्रदेश प्रहरी’ लेखिएको छ ।

ड्युटीमा खटिने प्रहरी धेरै जनासँग सम्पर्कमा आउनुपर्ने भएकाले प्रहरीलाई संक्रमणबाट जोगाउन र प्रहरीबाट अन्य व्यक्तिमा संक्रमण नफैलियोस् भन्ने उद्धेश्यले बागमती प्रदेशअन्तर्गत् सबै प्रहरीलाई फेससिल्ड उपलब्ध गराइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*