क्वारन्टाइनमा बसेका २२ वर्षीय युवकको मृत्यु

हेटौडा न्युज
१ भाद्र २०७७, सोमबार ११:००
;

इलाम । इलाममा क्वारन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । सूर्योदय नगरपालिकाको करफोकस्थित रहेको क्वारेन्टाइनमा बसेका २२ वर्षीय युवकको आईतबार मृत्यु भएको हो ।

सूर्योदय नगरपालिका–९ घर उनी भारतको हैदराबादबाट आएर साउन २६ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए ।

स्वास्थ्यमा समस्या भएपछि आइतबार बिहान १० बजे देखि सूर्योदय नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनको उपचार गरेको थियो ।
२९ गते नै उनको स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*