बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ८ सय ६६ पुग्यो

हेटौडा न्युज
१ भाद्र २०७७, सोमबार ११:३३
;

मकवानपुर । बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ८ सय ६६ पुगेको छ । आइतबार प्रदेशमा २ सय ५ जना कोरोना सक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ हजार ८ सय ६६ पुगेको हो ।

आइतबार प्रदेशको ७ जिल्लामा कोरोना संक्रति थपिएका हुन् । हालसम्म प्रदेशको काठमाडौंमा १ हजार ५ सय ६८, ललितपुरमा २ सय ६७, भक्तपुरमा १ सय ३१, रसुवामा १३, नुवाकोटमा ६९, धादिङमा १ सय ६०, चितवनमा २ सय १६, सिन्धुलीमा ५२, मकवानपुरमा १ सय ७१, रामेछापमा ५४, रामेछापमा २५, काभ्रेमा ६० र सिन्धुपाल्चोक जिल्लामा ८० जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमितमध्ये हालसम्म ६ सय ५४ जना संक्रमण मुक्त भई घर फर्किएका छन् । यस्तै प्रदेशभर हालसम्म १७ जनाले ज्यान गुमाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*