सोधपुछको क्रममा प्रहरीमाथि नै आक्रमण, एक जना पक्राउ
दार्चुला । लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागऔषध कोरेक्स २२ सिसी र स्पाश ५३ पत्तासहित दुहुँ गाउँपालिका–२ स्थायी घर भई हाल महाकाली नगरपालिका–४ तिङ्कर खेडामा बस्दै आएका ३४ वर्षीय गणेशराम भूललाई पक्राउ गरेको हो ।
आइतबार बेलुकी सदरमुकाम खलङ्गाको बङ्गाबगड क्षेत्रबाट लागूऔषधसहित पक्राउ परेका उनलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
बङ्गाबगड लास्कुखोला किनार हुँदै आएका ती युवकले बोकेको बोरा शङ्कास्पद वस्तु रहेको आशङ्कामा प्रहरीले जाँच गर्दा
सो परिमाणको लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । सोधपुछको क्रममा उनले प्रहरी जवानमाथि नै आक्रमण गरेको बताईएको छ ।
लागूऔषधसहित पक्राउ परेका भूललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










