निषेधाज्ञा अवधिभर सहकारी सञ्चालन नगर्न अनुरोध

हेटौडा न्युज
१ भाद्र २०७७, सोमबार १३:४५
;

मकवानपुर । मकवानपुर जिल्ला सहकारी संघ लिमिटेडले निषेधाज्ञा भएका क्षेत्रका सहकारी लगायत वित्तीय संस्थाहरु सञ्चालन नगर्न अनुरोध गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा भएका क्षेत्रका सहकारी लगायत वित्तीय संस्थाहरु सञ्चालन नगर्न अनुरोध गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले पुनः भाद्र ९ गते सम्म हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेपछि संघले निषेधाज्ञा भएका क्षेत्रका सहकारी लगायत वित्तीय संस्थाहरु सञ्चालन नगर्न तथा अत्यावश्यक काममा मात्र सञ्चालन गर्न अनुरोध गरेको छ ।

कोरोना भाइरसको संक्रमण दिनप्रति दिन बढ्दै गईरहेको अवस्थामा सहकारी संस्था लगायतको वित्तीय संस्थाहरु बढी जोखिममा रहेकोले सुरक्षित रहन समेत केन्द्रीय दुग्ध सहकारी संघ का अध्यक्ष र राष्ट्रिय सहकारी महासंघका संचालक समेत रहेका देवकोटाले आग्रह गरेका छन् ।

यसै बिच थाहा नगारपालिकामा रहेका वित्तीय संस्थाहरु सुरक्षाका विधी अपनाइ बिहान १० बजे देखी दिउँसो २ बजे सम्म मात्र सञ्चालन गरिने भएको छ ।

आइतबार बसेको थाहा नगरपालिकाको बैठकले सर्वसाधारणमा कोरोना संक्रमणको जोखिम बढेको कारण कार्य समय कम गर्ने निर्णय गरिएको थाहा नगरपालिका प्रशासन महाशाखा प्रमुख अजित घिमिरेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*