५८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
काठमाडौं । ५८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत् काठमाडौं भोटाहिटीकी महिलाको सोमबार मृत्यु भएको हो ।
गत साउन २८ गते अस्पताल भर्ना भएकी उनीमा निमोनिया, मधुमेहको पनि समस्या पनि रहेको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए ।
अस्पताल भर्नापश्चात् उनमा कोरोना परीक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको हो।