चित्तल सहित दुई शिकारी पक्राउ
मोरङ । चित्तल सहित दुई जना शिकारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पथरीशनिश्चरे– १ बस्ने २६ वर्षीय चित्र कुमार श्रेष्ठ र सोही वडा बस्ने २१ वर्षीय विश्ववन्धु भन्ने विवश राई रहेका छन् ।
हरियाली सामुदायिक वन क्षेत्रभित्र पासोमा पारेर चित्तललाई मारेर लैजादै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट मासु काट्ने दाउ एक थान, चित्तलको छाला काट्न प्रयोग गरिने कर्द एक थान, पासोको रुपमा प्रयोग गरिने स्टिलको १० मिटर डोरी बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सिकारी र चित्तललाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पथरीमा वुझाएको प्रहरीले जनाएको छ ।










