कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
जनकपुरधाम । कोरोना भाइरस संक्रमणबाट धनुषामा थप एक जनाको मृत्यु भएको छ । जिल्लाको धनौजी गाउँपालिका– ३ कटैया निवासी ६५ बर्षीय पुरुषको मृत्यु भएको हो ।
प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
गत साउन २६ गते अस्पताल भर्ना भएका उनमा साउन ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै धनुषामा कोराना संक्रमति भएर मृत्यु हुनेको संख्या ९ पुगेको छ ।










