झडप रोक्न ६ सेल अश्रु ग्यास र १३ राउन्ड हवाई फायर

हेटौडा न्युज
१ भाद्र २०७७, सोमबार १६:२५
;

बारा । प्रहरीले झडप रोक्न ६ सेल अश्रु ग्यास र १३ राउन्ड हवाई फायर गरेको छ ।

सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका–६ पटेर्वाका बासिन्दाबीच भएको विवादले उग्र रुप लिएपछि झडप रोक्न हवाइ फायर गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले बताए ।

कुलोमा माछा मारेको र डुबानको विषय भएको विवादले झडपको रुप लिएको प्रहरीले जनाएको छ । झडपका क्रममा चार जना प्रहरी र १२ जना सर्वसारधण घाइते भएका छन् ।

६ सेल अश्रु ग्यास प्रहार गर्दा पनि झडप नरोकिएपछि १३ राउन्ड हवाई फायर गरेपछि बल्ल स्थिति नियन्त्रणमा आएको जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*