थप ५ सय ८१ जनामा कोरोना पुष्टि, १ सय ६० जना डिस्चार्ज

हेटौडा न्युज
१ भाद्र २०७७, सोमबार १६:३५
;

काठमाडौं । थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १ सय ७३ महिला र ४ सय ८ पुरुष रहेका छन् ।

हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५ सय ८१ जना संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १ सय ६० जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १७ हजार ४ सय ९५ जना डिस्चार्ज भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*