एसईईको रिजल्ट आजै सार्वजनिक गर्ने तयारीमा बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको छ । २०७६ सालको एसईईको परीक्षाफल आजै बेलुका सम्ममा सार्वजनिक गर्ने तयारी गरिएका बोर्डका सदस्यले जनाएको छ ।
परीक्षाफल प्रकाशित भएपनि १५ भदौअघि कलेजहरुले विद्यार्थी भर्ना गर्न भने पाउने छैनन् ।
सरकारले अनुकुलता हेरेर नतिजा सार्वजनिक गर्न अनुमति दिएपछि बोर्ड नतिजाको अन्तिम तयारीमा जुटेको हो ।