हेटौंडा-६ गौरिटारमा प्रहरीमाथी खुकुरी प्रहार

हेटौडा न्युज
१ भाद्र २०७७, सोमबार २३:३५
;

मकवानपुर । हेटौंडा-६ गौरिटारमा एक प्रहरीमाथी खुकुरी प्रहार भएको छ । केही समय अघि चौघडा प्रहरी चौकीका असई डम्मर केसिमाथी खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका केसिलाई हेटौंडाको चुरे हिल हस्पिटलमा उपचार हुन नसके पछि थप उपचारको लागि चितवनको भरतपुर अस्पताल पठाईएको छ ।

स्थानिय २५ बर्षिय भक्तराम राउतले प्रहरीमाथी खुकुरी प्रहार गरेका हुन् । घरायसी बिबाद भएपछी प्रहरीमा खबर पुगेकाले असई केसि र अर्का एक प्रहरी गौरिटार पुगेका थिए । प्रहरी पुग्ने बित्तिकै ती युवकले प्रहरीमाथी आक्रमण गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट असई केसिको हातमा गहिरो चोट लागेको छ ।

आक्रमण गर्ने समूह मध्ये २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्र बहादुर रानाले बताए । आफु केहि बेर अघि मात्र घटनास्थल पुगेका प्रव्रक्ता रानाले घटना बारे थप अनुसन्धान भईरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*