काभ्रेमा एक कोरोना संक्रमितको मृत्यु
काठमाडौं । काभ्रेमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको मृत्यु भएको हो ।
पिसाब बन्द हुने समस्या देखिएपछि धुलिखेल अस्पतालमा भर्ना भएका उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
काठमाडौंको नयाँबानेश्वरमा बस्दै आएका उनको उपचारको क्रममा गएराती मृत्यु भएको अस्पतालले जनाएको छ ।
यससँगै धुलिखेल अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ ।










