काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गत शनिबार कोरोना पुष्टि भएका नवलपरासीका ३७ वर्षका पुरुषको मृत्यु भएको हो ।
उनी गत शुक्रबार अस्पताल भर्ना भएका थिए । उनमा निमोनिया भएपछि अस्पताल ल्याएर आईसीयूमा भर्ना गरिएको जनाइएको छ ।