करेन्ट लागेर एक जनाको मृत्यु

हेटौडा न्युज
२ भाद्र २०७७, मंगलवार १४:१८
;

धरान । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सुनसरीको बर्जु गाउँपालिका –५ मा रहेको ईष्टन सुगरमिलमा काम गर्ने ४२ वर्षीय तेजनारायण चौधरीको मंगलबार मृत्यु भएको हो ।

मिलमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते उनको उपचारका क्रममा विराटनगरको गोल्डेन अस्पतालमा मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*