किर्ते गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

हेटौडा न्युज
२ भाद्र २०७७, मंगलवार १६:४९
;

हुम्ला । किर्ते गरेको आरोपमा वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । नागरिकता केरमेट गरी १५ वर्षदेखि वृद्धभत्ता बुझ्दै आएको आरोपमा प्रहरीले खार्पुनाथ गाउँपालिका–१ का वडाध्यक्ष मकुसिंह बुढा पक्राउ हो ।

२०१० सालमा जन्मिएका वडाध्यक्ष वुढामाथि जिल्ला प्रशासन कार्यालयबाट २०४५ साल वैशाख ७ गते जारी गरिएको नागरिकता आफैंले केरमेट गरी किर्ते गरेको आरोप लागेको हो ।

वुढाले नागरिकतामा केरमेट गरी जन्ममिति २००० साल बनाएर १५ वर्षदेखि वृद्धभत्ता बुझ्दै आएको प्रहरीले जनाएको छ ।

मुलुकी अपराध संहिता–२०७४ को दफा २७६ मा सार्वजनिक लिखत किर्ते गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*