कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १४ पुग्यो
हेटौडा न्युज
२ भाद्र २०७७, मंगलवार १६:५८
;
साङ्केतिक तस्वीर
काठमाडौं । कोरोना भाईरस संक्रमणबाट मृत्यु हनेको संख्या १ सय १४ पुगेको छ । काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका १/१ जना पुरूष र तनहुँ जिल्लाका एक जना महिला गरि आज ७ जनाको मृत्यु भएको हो ।
यो सँगै मृतकको संख्या १ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।